Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेनले भने - सरकारले भ्रष्टाचारीलाई समाउन सकेन, फोहोर बोक्ने चालकलाई समायो !

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सिंहदरबारलगायत सबै पार्टी कार्यालयहरुको फोहोर नउठाने चेतावनी दिएका छन् ।

महानगरपालिकाको फोहोर बोक्ने गाडीका चालकहरुलाई प्रहरीले पक्राउ गरेको भन्दै मेयर बालेन यस्तो चेतावनी दिएका हुन् ।

सरकारले भ्रष्टहरुलाई पक्राउ गर्न नसकेपछि फोहोर बोक्नेगाडीका चार चालकलाई पक्राउ गरेको उनले बताए ।

सामाजिक सञ्जालमा बालेनले लेखेका छन्,'भ्रष्टलाई समाउन सक्नु भएन , काठमाडौमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले । जब सम्म ससम्मान चालकहरु रिहा हुन्नन सिहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर उठ्दैन । को को जुध्न आउने हो , आए हुन्छ , कसैलाई बाकिँ छोडिदैन!'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077