Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साताको दोस्रो दिन २७ अंकले बढ्यो नेप्से, ५ अर्ब ८५ करोडको कारोबार

काठमाडौं । सेयर बजार परिसूचक नेप्से सोमबार २७.५४ अंकले बढेर २ हजार ९२ अंकमा उक्लेको छ ।

अघिल्लो दिन ४५.६९ अंकले बढेर बन्द भएको नेप्सेले सोमबार पनि २७ अंकले बढेको हो ।

दोहोरो अंकले बढेको सेयर बजारमा चार कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

सामुदायिक लघुवित्त वित्तीय संस्था, बुद्ध भूमि नेपाल हाइड्रोपावर,भगवती हाइड्रोपावर डेभलपमेन्ट र नेरुडे मिरमिरे लघुवित्त वित्तीयको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

यसदिन ३१५ स्क्रिप्सको १ करोड ४३ लाख ७० हजार ६८९ कित्ता सेयर ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजार २१२ रुपैयाँमा खरिदबिक्री भए। कारोबार रकम आइतबारको तुलनामा बढी हो।

सो दिन ५ अर्ब २५ करोड १० लाख मूल्य बराबरको सेयर कारोबार भएको थियो। अघिल्लो दिन नेप्से परिसूचक ४५.६९ अंकले बढेको थियो। कारोबार रकमका आधारमा पोखरा फाइनान्स शीर्ष स्थानमा रह्यो।

पाँचवटा समूहको उपसूचक नकारात्मक देखिदा ८ वटा समूहका उपसूचक सकारात्मक देखिएका छन्। बैंकिङ समूहको उपसूचक सर्वाधिक ४.१८ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077