Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डलाई रमेश लेखकले भने - जंगलबाट राजनीतिमा ल्याइदिएको बिर्सिनुभो !

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदमा सरकारले तानाशाही प्रबृत्ति देखाएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभामा अवरोधकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएपछि बसेको कांग्रेस संसदीय दलको बैठकपछि बोल्दै सचेतक लेखकले यस्तो बताएका हुन् ।

सचेतक लेखकले सरकारले संसदीय मुल्य मान्यताको खिलाफमा गएको बताए ।

नेपालको संसदीय मान्यतामा पनि संसद् विपक्षको हुन्छ भन्ने मान्यता स्थापित भएको सचेतक लेखकको भनाई छ। सत्ता पक्षमा बहुमतको दम्भ देखिएको उनले बताए ।

सचेतक लेखकले भने, ‘भोटको राजनीतिमा आएपछि सहयोग गर्नुभएको हो, हामीले पनि गरेका हौं । तपाईंलाई जंगलबाट राजनीतिमा ल्याउने कांग्रेस हो कि को हो ? बिर्सिनुभयो ! हतियारको बलमा परिर्वतन गर्छु भनेर हिँड्नुभएको तपाईलाई शान्तिमा कसले ल्याएको हो बिर्सिनुभयो !’

विश्वासको मत लिने क्रममा कांग्रेस सांसदहरुले वेल घेराउ गरेपछि प्रधानमन्त्री प्रचण्डले आक्रोशपूर्ण अभिव्यक्ति दिएका थिए । उनले कांग्रेसलाई ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए ।

सचेतक लेखकले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको बताए । सचेतक लेखकले माओवादीलाई कांग्रेसले शान्तिप्रक्रियामा ल्याएको बर्सिनुभयो भनेर प्रतिप्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077