Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सभामुखले प्रतिपक्षीलाई बोल्न नदिएको कांग्रेसको आरोप

काठमाडौं । नेपाली कांग्रेसले संसद्‌मा सभामुखको भूमिका पदीय गरिमाअनुकूल नभएको आरोप लगाएको छ।

प्रतिनिधिसभा बैठक बसेपछि बसेको कांग्रेस संसदीय दल बैठकले सभामुख देवराज घिमिरेको भूमिकामाथि प्रश्न उठाएको हो।

कांग्रेसले पटक-पटक बोल्न माग गरे पनि सभामुख घिमिरेले समय नदिएको सभामुखको भूमिकामाथि प्रश्न उठाएको छ।

कांग्रेसले सरकारलाई लोकतन्त्र र संसदीय मूल्य र मान्यताका विपरीत नजान पनि चेतावनी दिएको छ।

सोमबार प्रतिनिधि सभामा कांग्रेससहित विपक्षी दलले विरोध गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वास मत लिएका थिए।

प्रधानमन्त्री दाहाललाई एक सय ५७ जना सांसदले विश्वास मत दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077