Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस प्रवक्ता महतले भने - सरकारले संसदीय इतिहासमा अनौठो नजिर स्थापित गर्‍यो

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सत्ता समीकरणमा भएका दलहरूले संविधानलाई कमजोर पार्ने क्रियाकलाप गरिरहेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बैठकपछि बोल्दै प्रवक्ता महतले यस्तो बताएका हुन् ।

उनले विपक्षीको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएपछि संसदीय इतिहासमा अनौठो नजिर स्थापित गरेको टिप्पणी गरे।

प्रवक्ता महतले भने, ‘प्रधानमन्त्रीले आजै विश्वासको मत लिनुपर्ने कुनै कारण थिएन । आजै उहाँले लिने निर्णय गर्नुभयो । विपक्ष आफ्नो कुरा राख्दै बेलमा आएको बेलामा अहिलेसम्म विश्वासको मत लिएको अवस्था छैन । यो संसदीय इतिहासमा अनौठो नजिर स्थापित गर्नुभएको छ । हामीले ल्याएको संविधानको खिलाफमा गठबन्धन दलहरू लागेका छन् ।’

प्रवक्ता महतले प्रधानमन्त्रीले संसदमा आपत्तिजनक भाषाको प्रयोग गरेको बताए । उनले सत्ता समीकरणले लोकतन्त्र र संविधानलाई खतरामा पार्ने काम भइरहेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077