Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इरानका राष्ट्रपति चढेको हेलिकप्टर दुर्घटनास्थल ड्रोनबाट लाग्यो पत्ता

एजेन्सी । इरानका राष्ट्रपति इब्राहिम रैसी चढेको हेलिकप्टर दुर्घटना भएको ठाउँ पत्ता लागेको छ ।

उद्धारकर्ताहरूले इरानका राष्ट्रपति इब्राहिम रैसी, विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान लगायत नौ जना बोकेको हेलिकप्टरको दुर्घटनास्थल पत्ता लगाएका हुन् ।

टर्कीले राष्ट्रपति रैसीको हेलिकप्टर दुर्घटनाको खोजी कार्यमा मद्दत गर्न पठाएको ड्रोनले एउटा विकट गाउँ नजिकको पहाडमा हेलिकप्टर ठोक्किएर दाग बसेको ठाउँ पत्ता लगाएकोलागेको इरानी सरकारी समाचार एजेन्सीले जनाएका छन् ।

तर सही ठाउँको सूचना भने सार्वजनिक गरिएको छैन । बाक्लो कुहिरो र अत्याधिक चिसो मौसमका कारण दुर्घटना भएको स्थान पत्ता लगाउन समस्या भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077