Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यातायातको सिष्टम निजी कम्पनीको कब्जामा, ६ महिनामा ३० हजार अवैध लाइसेन्सको इन्ट्री

काठमाडौं । यातायात व्यवस्था विभागका लाइसेन्सको सम्पूर्ण विवरण निजी कम्पनीको कब्जामा रहेको खुलेको छ । परामर्शदाताका रुपमा राखिएको कम्पनीले नै अवैध लाइसेन्सहरु सिष्टममा इन्ट्री गरेर वितरण गरेको पाइएको छ ।

कन्सल्टेन्सीका कर्मचारी सविन श्रेष्ठले यस्तो धन्दा चलाएका हुन् । विभागमा कार्यरत निर्देशक मुकेश रेग्मीसँग मिलेर उनीहरूले पुरानो मितिमा नक्कली लाइसेन्सको इन्ट्री गरेर करोडौँ कमाएका छन् । श्रेष्ठले नै यातायातको माष्टर आइडी र डाटावेस चलाउँदै आएका छन् ।

यसअघि श्रेष्ठ र रेग्मी निर्वाचन आयोग तथा सार्वजनिक खरिद अनुगमन कार्यालयमा परामर्शदाताका रुपमा काम गरेका थिए । अहिले पनि उनीहरूको धन्दा यातायातमा चलिरहेको छ । उनीहरूको मिलेमतोमा १५ लाख नम्बरसम्म सिरियल्ली लाइसेन्स वितरण भएकोमा हाल एकैपटक आठ करोड सिरियल नम्बरबाट वितरण सुरु भएको छ ।

डेटाबेसमा गएर ब्याक डेटमा जारी भएको र नवीकरण भएको देखाउनका लागि उक्त ग्याप राखिएको विभाग स्रोत बताउँछ । अख्तियारको छानविनमा श्रेष्ठले नै बेलबहादुर देवकोटालाई बिना परीक्षा लाइसेन्स बनाइदिएका थिए । देवकोको लाइसेन्स नम्बर ०१–०८–८८९९०४३१ हो । लुम्बिनीको कोड राखेर लाइसेन्स जारी भएको हो ।

पुराना लाइसेन्स नवीकरण भनेर रेग्मी र श्रेष्ठको समूहले करिब ३० हजार लाइसेन्स बिक्री गरेको स्रोत बताउँछ । धिरज खत्री, पुनम शाही, पवित्रा खनाल लगायतको नाममा यसरी परीक्षाबिना नै आर्थिक चलखेलका आधारमा लाइसेन्स जारी भएको छ । यसमा यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालको समेत संरक्षण देखिएको छ ।

यस विषयमा अख्तियार तथा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले समेत अनुसन्धान गरिरहेको छ । विगत करिब १० वर्षदेखि करिब एक लाख लाइसेन्स जारी भएको विषयमा पनि हाल छानविन चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077