Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • आतंकवादी क्रियाकलापमा वित्तिय लगानीसम्बन्धी कसूरको अनुसन्धान गोष्ठी सम्पन्न

    आतंकवादी क्रियाकलापमा वित्तिय लगानीसम्बन्धी कसूरको अनुसन्धान गोष्ठी सम्पन्न

    अनलाइन नेपाल
  • आइतबार, ६ जेष्ठ २०८१
  • 564
    SHARES

    काठमाडौं । सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी सम्बन्धी कसूरको अनुसन्धान विषयक एकदिने गोष्ठी सम्पन्न भएको छ ।

    नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको आयोजनामा नेपाल प्रहरी प्रधान कार्यालयमा उक्त गोष्ठी शनिबार सम्पन्न भएको हो ।



    कार्यक्रममा नायव महान्यायाधिवक्ता गोपाल प्रसाद रिजालले सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तिय लगानी सम्बन्धी कानून र यसको कार्यान्वयन, चुनौति र समाधान लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए ।



    गोष्ठीमा सहभागीहरूले राखेका जिज्ञासाहरूको निरूपण गर्दै नायव महान्यायाधिवक्ता रिजालले सम्पत्ति शुद्धिकरणमा अनुसन्धान र अभियोजनका लागि यस गोष्ठीमा भएको छलफल अत्यन्तै उपलब्धीमूलक भएको बताए ।

    साथै सम्पत्ति शुद्धिकरणमा संलग्न सबै सरोकारवाला निकायहरूले संवेदनशीलता अपनाई प्रचलित कानूनको अधिनमा रही कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए ।

    नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले सम्पत्ति शुद्धिकरणको अनुसन्धानको क्रममा देखिएका समस्या तथा चुनौतिलाई समाधान गर्न गोष्ठीमा भएको छलफल तथा अन्तरक्रिया फलदायी हुने विचार व्यक्त गरे ।

    उक्त अवसरमा नेपाल राष्ट्र बैंकका निर्देशक डा.हरिकुमार नेपालले समेत गोष्ठीमा सहभागीहरूले राखेका जिज्ञासाहरूको निरूपण गरेका थिए ।

    नेपाल राष्ट्र बैंक वित्तिय जानकारी ईकाइका उपनिर्देशक स्वरूप श्रेष्ठले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण मुद्दाको अनुसन्धानको क्रममा गर्नुपर्ने समन्वयकारी निकाय सम्बन्धी जानकारी, वित्तिय जानकारी ईकाइको भूमिका सम्बन्धमा प्रस्तुतीकरण गरेको उक्त गोष्ठीमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग नेपाल प्रहरी शाखा पुल्चोक ललितपुरका तर्फबाट प्रहरी उपरीक्षक कृष्ण प्रसाद पंगेनीले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी सम्बन्धी मुद्दाहरूको अनुसन्धान प्रक्रिया र पद्दतीहरूको सम्बन्धमा प्रस्तुतीकरण गरेका थिए ।

    प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले धन्यवाद मन्तव्य राखेको उक्त गोष्ठीमा नेपाल राष्ट्र बैंक वित्तिय जानकारी ईकाइका निर्देशक दिर्घ बहादुर रावल, उच्चर विशेषर जिल्ला सरकारी वकिल कार्यालयका पदाधिकारीहरू तथा नेपाल राष्ट्र बैंक वित्तिय जानकारी ईकाइका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार