Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभाको बैठक सोमबारसम्मका लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद्को कारबाही अगाडि बढ्न नदिने भएपछि बैठक सोमबारसम्मका लागि स्थगित भएको हो ।

सहकारीको रकम ठगीमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नतामाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै कांग्रेसले संसद् अवरुद्ध गरिरहेको छ ।

संघीय संसद् सचिवालयले राष्ट्रियसभाको आइतबारका लागि बोलाइएको बैठक सोमबारसम्मका लागि स्थगित गरिएको जनाएको छ । राष्ट्रिय सभाको बैठक आइतबार १:१५ बजे बस्नेगरी तोकिएको थियो ।

उक्त बैठक बस्न नसकेपछि ३:१५ बजे बस्ने गरी निर्धारण सारिएको थियो । सो बैठक पनि बस्न नसक्ने भएपछि राष्ट्रिय सभाको बैठक सोमबारसम्मका लागि स्थगित गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077