Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • राष्ट्रियसभाको बैठक सोमबारसम्मका लागि स्थगित

    राष्ट्रियसभाको बैठक सोमबारसम्मका लागि स्थगित

    अनलाइन नेपाल
  • आइतबार, ६ जेष्ठ २०८१
  • 570
    SHARES

    काठमाडौं । राष्ट्रियसभाको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ ।

    प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद्को कारबाही अगाडि बढ्न नदिने भएपछि बैठक सोमबारसम्मका लागि स्थगित भएको हो ।



    सहकारीको रकम ठगीमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नतामाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै कांग्रेसले संसद् अवरुद्ध गरिरहेको छ ।



    संघीय संसद् सचिवालयले राष्ट्रियसभाको आइतबारका लागि बोलाइएको बैठक सोमबारसम्मका लागि स्थगित गरिएको जनाएको छ । राष्ट्रिय सभाको बैठक आइतबार १:१५ बजे बस्नेगरी तोकिएको थियो ।

    उक्त बैठक बस्न नसकेपछि ३:१५ बजे बस्ने गरी निर्धारण सारिएको थियो । सो बैठक पनि बस्न नसक्ने भएपछि राष्ट्रिय सभाको बैठक सोमबारसम्मका लागि स्थगित गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार