Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी मोर्चाको निर्णय

    गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने विपक्षी मोर्चाको निर्णय

    अनलाइन नेपाल
  • आइतबार, ६ जेष्ठ २०८१
  • 549
    SHARES

    काठमाडौं । विपक्षी दलहरूको मोर्चाले गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने निर्णय गरेको छ ।

    कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको साझा बैठकले गृहमन्त्रीको जवाफ सुन्ने निर्णय गरेको हो ।



    मोर्चाको बैठकले गृहमन्त्री लामिछानेको जवाफ चित्त बुझे मात्रै संसद अगाडि बढ्ने दिने निर्णय समेत गरेको छ ।



    विपक्षी दलहरुको साझा प्रस्तुतिबारे छलफल गर्न देउवाले आज बिहान संसद भवन नयाँ बानेश्वरमा विपक्षी दलका नेताहरुको संयुक्त बैठक बोलाएका थिए ।

    सहकारीको संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने माग नेपाली कांग्रेसले गर्दै आएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार