Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बालुवाटारमा सत्तारुढ दल र कांग्रेसबीच छलफल जारी

काठमाडौं । संसदको गतिरोध अन्त्यका लागि बालुवाटारमा सत्तारुढ दल र नेपाली कांग्रेसबीच छलफल सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछानेको वार्तामा कांग्रेस नेताहरुको इन्ट्री भएको हो ।

नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला र संसदीय दलका प्रमुख सचेतक रमेश लेखक सहभागी छन् ।

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग राखेर संसद अवरोध गरिरहेको छ ।

नेकपा एमालेका अध्यक्ष ओली र गृहमन्त्री लामिछाने संसदीय छानबिन समिति गठन गर्न नहुने पक्षमा छन् ।सदनको गतिरोध हटाउन प्रधानमन्त्री प्रचण्डले आज बिहान कांग्रेससँग छलफल गरेका थिए ।

सत्तापक्ष संसदीय छानबिन समिति बनाउन तयार भए पनि गृहमन्त्री लामिछानेको नाम तोक्ने पक्षमा छैन । अहिले संसदीय छानबिन समितिको क्षेत्राधिकारको विषयमा छलफल भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077