विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार दोस्रोपटक मन्त्रिमण्डल विस्तार गर्ने तयारी थालेका छन् ।
मन्त्रिमण्डल विस्तारलगत्तै दिउँसो साढे ४ बजे शपथ ग्रहणका लागि खबर गरी सकिएको मुख्यमन्त्री कार्यालय स्रोतले बतायो ।
मुख्यमन्त्री कार्कीले एमालेबाट १ राज्यमन्त्रीसहित तीन जनाको नाम थप गर्ने भएका छन् ।
एमालेबाट लिलाबल्लभ अधिकारी, एकराज कार्की र पाँचकर्ण राई मन्त्री तथा सिर्जना राईलाई राज्यमन्त्री बनाउने सहमति भएको स्रोतले बतायो।
यस अघि पनि उनीहरू मन्त्री भएका थिए । यस्तै माओवादी केन्द्रले दुई मन्त्री र एक राज्य मन्त्रीलाई शपथ खुवाउने भएको छ ।
माओवादीबाट राजेन्द्रकुमार कार्की र नारायण बुर्जा मगरलाई मन्त्री तथा वन्दना झाँगडलाई राज्यमन्त्रीमा नियुक्त तयार गरिएको छ ।
मन्त्रालयको भने टुङ्गो लागि नसकेको नेताहरूले बताएका छन् । अहिले दुवै दलका नेताहरू मन्त्रालय टुङ्गो लगाउन छलफल गरिरहेको जनाइएको छ ।
Leave a Reply