काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सहकारी ठगीका गृहमन्त्री संलग्न रहेको दाबी गरेका छन् ।
प्रतिनिधिसभाको बैठक आइतबारसम्म स्थगितपछि संसद भवन बाहिर बोल्दै प्रवक्ता महतले यस्तो दाबी गरेका हुन् ।
उनले समष्टिगत सहकारीका विषयमा अध्ययनको कुरालाई लिएर गृहमन्त्री रवि लामिछानेलाई उम्काउन खोजिएको आरोप लगाए ।
प्रवक्ता महतले भने, ‘सत्ता पावरको कारण छानबिनको परिधिभित्र नआउने, तर शक्ति नहुनेहरू आउने भेदभाव हुनु भएन । समानरूपमा विभेद नगरी छानबिन समिति बन्नुपर्छ । गृहमन्त्री संलग्न हुनुहुन्छ भन्ने स्पष्ट छ । छानबिनको दायरामा उहाँ पनि आउनुपर्यो । समस्याग्रस्त अन्य सहकारी पनि हेरून् ।’
छानबिन प्रक्रियामा अनुचित प्रभाव पार्ने सम्भावना भएकाले संसदीय समितिको माग गरिएको प्रवक्ता महतको भनाई छ ।
उनले सत्ता केन्द्रित र दीर्घकालीन नभई मुद्दामा केन्द्रित छलफलमात्र भएको प्रष्टीकरण दिए ।
उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेको संलग्नतामाथि छानबिन हुनुपर्नेमा कांग्रेसको अडान रहेको बताए।
Leave a Reply