Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आज पनि संसद अवरुद्ध गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार पनि संसद अवरुद्ध गर्ने भएको छ।

शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले संसद अवरुद्ध गर्ने निर्णय गरेको हो ।

बैठकले हिजोको संसद बैठकमा सभामुखको भूमिका तटस्थ र निष्पक्ष नरहेको ठहर समेत गरेको छ।

सहकारी ठगी प्रकरमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानमा रहेको कांग्रेसले आफ्नो माग पूरा नभएसम्म संसद चल्न नदिने अडान लिएको हो।

बिहीबार पनि प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरूबीच धकेलाधकेल भएको थियो।

मुठभेडको स्थिति आउने देखिएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका थिए।

कांग्रेसले सहकारी ठगी छानविनमा संसदीय समिति गठन हुनुपर्ने मुद्दा नछोड्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077