Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सत्तापक्षसँग मुठभेडपछि कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

शुक्रबार बिहान साढे ८ बजे संसदीय कार्यसमिति र ९ बजे संसदीय दलको बैठक बोलाइएको हो ।

पछिल्लो संसद्मा भएको गतिरोध र सत्तापक्षसँग भएको मुठभेडपछि धारणा बनाउनेगरी कांग्रेसले बैठक बोलाएको हो ।

कांग्रसले लामो समयदेखि गृहमन्त्री रवि लामिछानेसहित सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै समिति बनाउनुपर्ने माग गर्दै आएको छ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूबीच धकेलाधकेल भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077