Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • गगन थापाको आरोप – रवि लामिछानेले ऋण लिएका होइनन्, सहकारीबाट ठगेका हुन्

    गगन थापाको आरोप – रवि लामिछानेले ऋण लिएका होइनन्, सहकारीबाट ठगेका हुन्

    अनलाइन नेपाल
  • बिहिबार, ३ जेष्ठ २०८१
  • 1.4K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीबाट ऋण लिएको नभई ठगी गरेको आरोप लगाएका छन् ।

    बिहीबार साँझ संसद्को ल्होत्से हलमा पत्रकार सम्मेलन गरी उनले गृहमन्त्री लामिछानेमाथि यस्तो आरोप लगाएका हुन् । उनले रवविरुद्धका प्रमाणहरू जति पनि रहेको बताए ।



    ‘सहकारीबाट ऋण लिएका छैनौं भनिराखेका छन् नि। हामीले नि ऋण भनेका छैनौं। ऋण त सहकारीका सदस्यले लिने हो। उनले त सहकारीबाट ठगेका हुन्। सहकारीको रकम निजी कम्पनीमा खर्च गरेका हुन्,’ उनले भने ।



    सहकारी विभागको प्रतिवेदन, पोखरा, रुपन्देही, कम्पनी रजिस्ट्रार र गोरखा मिडियाको अडिटमा पनि रविविरुद्ध प्रमाणहरू छरपस्ट रहेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार