Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगित भएको छ।

अध्यक्ष नारायणप्रसाद दाहालले बैठक सुरू गर्नेबित्तिकै कांग्रेस सांसदहरू उठेर विरोध गरेका हुन् ।

राष्ट्रियसभा अध्यक्ष दाहालले राष्ट्रपतिबाट संसदमा सरकारको नीति तथा कार्यक्रम पेश भएको र राष्ट्रपतिलाई धन्यवाद दिन समेत नसकिएको भन्दै यसले नराम्रो सन्देश गएकाले बस्न आग्रह गरेका थिए ।

तर पनि कांग्रेस सांसदहरू आसनमा नबसेपछि अध्यक्ष दाहालले जेठ ४ गते बस्नेगरी बैठक स्थगित भएको घोषणा गरे ।

अध्यक्ष दाहालले राष्ट्रिय सभा बैठक शुक्रबार ४ गते दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी स्थगित गरेका छन्।

कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077