Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • गृहमन्त्री लामिछानेको रोदन – संसदमा एक पटक बोल्न पाउनुपर्‍यो

    गृहमन्त्री लामिछानेको रोदन – संसदमा एक पटक बोल्न पाउनुपर्‍यो

    अनलाइन नेपाल
  • बिहिबार, ३ जेष्ठ २०८१
  • 744
    SHARES

    काठमाडौं । गृहमन्त्री रवि लामिछानेले आफूले प्रतिनिधिसभाको बैठकमा एक पटक बोल्न पाउनुपर्ने बताएका छन्।

    सामाजिक संञ्जाल फेसबुकमा लेख्दै गृहमन्त्री लामिछानेले प्रतिनिधिसभा बैठकमा आफुले बोल्न पाउनुपर्ने बताएका हुन् ।



    कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै सदन अवरोध गर्ने अडान कायमै राखेपछि गृहमन्त्री लामिछानेको यस्तो अभिव्यक्ति आएको हो ।



    गृहमन्त्री लामिछानेले फेसबुकमा लेखेका छन्,’ एक पटक बोल्न पाउनुपर्‍यो। त्यत्ति हो मागेको। यति घिन लाग्दो, मिडिया ट्रायल ?’

    गृहमन्त्री लामिछानेले एकपटक संसद्मा बोल्न पाउनुपर्छ भन्दा मिडियामा घिनलाग्दो ट्रायल भएको आरोप लगाए ।

    संसदमा गृहमन्त्री लामिछानेलाई बोल्न दिनेगरी नेपाली कांग्रेस तयार भएको विषय बाहिर आएपनि सहकारी प्रकरणमा गोलमटोल छानबिन समितिको कुरा आएको भन्दै कांग्रेसले फेरि संसद् अवरोध गर्ने निर्णय गरेको छ ।

    गृहमन्त्री लामिछानेले कांग्रेसको कदमलाई घिनलाग्दो मिडिया ट्रायलको संज्ञा दिएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी प्रकरणमा छानबिन समिति गठन तयार तयार रहेको भन्दै संसद्मा गृहमन्त्रीलाई बोल्न दिने बताएका थिए ।

    तर यसलाई कांग्रेसले सकारात्मक भन्दै लामिछानेलाई बोल्न दिने प्रतिक्रिया दिएको थियो । तर टालटुले समिति गठन गर्न खोजिएको भन्दै कांग्रेसले संसद् बैठक अवरुद्ध गर्ने बताएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार