काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठकमा आज पनि अवरोध गर्ने बताएको छ ।
गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा छानबिन गर्न तयार नभएको भन्दै कांग्रेसले अवरोध जारी राख्ने बताएको हो ।
बिहीबार बसेको कांग्रेस शीर्ष नेताको बैठकपछि कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सरकारले सहकारी ठगीको मूल समस्या छाडेर घटनालाई अन्यत्र मोड्ने हिसाबले मात्र समिति गठन गर्न खोजेको आरोप लगाए ।
मुख्य विषय ओझेलमा पारेर हुने छानबिन आफूहरुलाई स्वीकार्य नहुने प्रवक्ता महतले बताए ।
बिहीबार प्रतिनिधिसभाको बैठक अपरान्ह ४ बजे बोलाइएको छ ।