Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • सरकार टिकाउन प्रचण्डले नै पार्टी फुटाएको जसपाको निष्कर्ष

    सरकार टिकाउन प्रचण्डले नै पार्टी फुटाएको जसपाको निष्कर्ष

    अनलाइन नेपाल
  • बुधबार, २ जेष्ठ २०८१
  • 573
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै सरकार टिकाउनका लागि आफ्नो पार्टी फुटाएको निष्कर्ष निकालेको छ।

    मङ्गलवार बसेको उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको केन्द्रीय समितिको बैठकले उक्त निष्कर्ष निकालेको हो ।



    जसपा नेपालले पार्टी विभाजन गर्नेहरूको तल्लो तहसम्म भण्डाफोर गर्ने निर्णय गरेको छ।



    पार्टी विभाजनको पक्षमा गर्ने ७ सांसदसहित साथ दिने सबैलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको जसपा नेपालले जनाएको छ।

    बैठकमा बोल्ने नेताहरूले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले नै पार्टी फुटाएको धारणा राखेका थिए ।

    जसपा नेपालले चार दल सम्मिलित समाजवादी मोर्चाको अब कुनै औचित्य नभएको बताएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार