Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकार टिकाउन प्रचण्डले नै पार्टी फुटाएको जसपाको निष्कर्ष

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नै सरकार टिकाउनका लागि आफ्नो पार्टी फुटाएको निष्कर्ष निकालेको छ।

मङ्गलवार बसेको उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको केन्द्रीय समितिको बैठकले उक्त निष्कर्ष निकालेको हो ।

जसपा नेपालले पार्टी विभाजन गर्नेहरूको तल्लो तहसम्म भण्डाफोर गर्ने निर्णय गरेको छ।

पार्टी विभाजनको पक्षमा गर्ने ७ सांसदसहित साथ दिने सबैलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको जसपा नेपालले जनाएको छ।

बैठकमा बोल्ने नेताहरूले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले नै पार्टी फुटाएको धारणा राखेका थिए ।

जसपा नेपालले चार दल सम्मिलित समाजवादी मोर्चाको अब कुनै औचित्य नभएको बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077