Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • भारतीय प्रधानमन्त्री मोदीको सम्पत्ति ३ करोड

    भारतीय प्रधानमन्त्री मोदीको सम्पत्ति ३ करोड

    अनलाइन नेपाल
  • बुधबार, २ जेष्ठ २०८१
  • 546
    SHARES

    एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्पत्ति विवरण सार्वजनिक भएको छ।

    बाराणशीमा उम्मेदवारी दिने क्रममा बुझाइएको सम्पत्ति विवरणमा प्रधानमन्त्री मोदीको सम्पत्ति ३ करोड भन्दा बढी रहेको सार्वजनिक भएको हो।



    उनीसँग ३ करोड २ लाख ६ हजार ८८९ चल सम्पत्ति छ। त्यसमध्ये २ करोड ८५ लाख भारतीय रूपैयाँ भारतीय स्टेट बैंकमा मुद्दती खातामा रहेको विवरणमा उल्लेख छ।



    यसका अतिरिक्त मोदीसँग सुनका चार औँठी छ। जसको मूल्य २ लाख ६७ हजार भारतीय रूपैयाँ बताइएको छ।

    विवरणमा मोदीले आफूसँग ५२ हजार ९२० रूपैयाँ नगद रहेको र ९ लाख १२ हजार रूपैयाँ बरारबरको नेशनल सेभिङ सर्टिफिकेट रहेको उल्लेख गरेका छन्।

    अचल सम्पत्तिबारे भने विवरणमा केही उल्लेख भएको छैन। सम्पत्ति विवरणमा मोदीको श्रीमतीको नाम जशोदाबेन उल्लेख गरिएको छ।

    सन् २०१९ को लोकसभा चुनावमा मोदीले आफूसँग साढे २ करोडको सम्पत्ति रहेको बताएका थिए।

    त्यसअघि २०१४ मा उनले बुझाएको सम्पत्ति विवरणमा १ करोड ६५ लाख रूपैयाँ सम्पत्ति रहेको उल्लेख गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार