Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रतिनिधिसभा बैठकमा कांग्रेसको नाराबाजी

काठमाडौं । प्रतिनिधिसभाको बैठक प्रमुख विपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेको छ ।

सहकारी अनियमिततामा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको हो ।

मंगलबार बसेको संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीथि तथा कार्यक्रम पेश गरेका थिए ।

लगतै राष्ट्रपतिलाई धन्यवाद दिने प्रतिनिधिसभाको बैठक बसेको थियो । तर सभामुख देवराज घिमिरेले सुरु भएको बताए लगतै कांग्रेस सांसदहरुले वेल घेराउ गरे ।

सभामुखले अधिवेशन प्रारम्भ भएदेखि पेश गर्नुपर्ने पत्रहरु पेश गर्न नपाएको र राष्ट्रपतिलाई धन्यवाद दिनुपर्ने कार्यसूची रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077