Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • आफ्नै भू-उपग्रह स्थापना गर्ने सरकारको घोषणा

    आफ्नै भू-उपग्रह स्थापना गर्ने सरकारको घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, १ जेष्ठ २०८१
  • 537
    SHARES

    काठमाडौं । सरकारले आगामी दशकलाई सूचना प्रविधिको दशक बनाउँदै ५ हजारलाई रोजगारी दिने घोषणा गरेको छ ।

    मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।



    सूचना प्रविधिमा फड्को मार्ने सरकारले आफ्नै भू-उपग्रह स्थापना गर्ने र डाटा सेन्टरसम्बन्धी मापदण्ड तयार पर्ने उनले बताए।



    उनले यस क्षेत्रमा ५ लाख बढी रोजगारी सिर्जना गर्ने घोषणा गर्ने। उनले सूचना प्रविधिलाई डिजिटल आधारको रुपमा लिइ सामाजिक आर्थिक रुपान्तरण गर्ने आगामी दशकलाई सूचना प्रविधि दशकको रुपमा अगाडि बढाइने बताए ।

    उनले सूचना प्रविधि उद्योगलाई रोजगारी र सेवा निर्यातको प्रमुख क्षेत्रको रुपमा विकास गर्ने प्रोत्साहन गरी नेपाललाई ग्लोवल सूचना प्रविधि हपको रुपमा विकास गरिने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार