Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गरिब परिवारलाई विद्युतीय चुलो दिने सरकारको घोषणा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गरिब परिवारलाई विद्युतीय चुलो प्रदान गर्ने घोषणा गरेका छन्।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी दिएका हुन् ।

राष्ट्रपति पौडेलले गरिबको पहिचान कार्य अन्त्यतिर आएको बताउँदै गरिब परिवारलाई विद्युतीय चुलो प्रदान गर्ने घोषणा गरे।

आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले गरिब लक्षित कार्यक्रमलाई एकीकृतरुपमा सञ्चालन गर्ने लक्ष्यसहित घर पहिचान गर्ने भएको हो ।

पहिचान भएका गरिबलाई स्थानीय तहमार्फत नि:शुल्क बीमा, विद्युतीय चूलो र ट्यूबल लगायतका सामाग्री उपलब्ध गराउने समेत सरकारको योजना छ ।

नेपालमा हालसम्म ३ हजार ९ सय ४० मेगावाट विद्युत् उत्पादन हुन थालेको छ । साथै, ९८ प्रतिशत जनताको घरमा बिजुली पुगेको जानकारी पनि राष्ट्रपति पौडेलले दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077