Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेसले राष्ट्रियसभा बैठक पनि चल्न नदिने

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक पनि अवरुद्ध गर्ने जनाएको छ ।

कांग्रेसले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने र त्यसपछि बस्ने बैठक भने अवरोध गर्ने बताएको हो।

मंगलबार अपराह्न ३ बजे संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन्।

लगत्तै प्रतिनिधिसभा र राष्ट्रियसभामा बैठक बस्नेछ। उक्त बैठक दुवै सदनमा अवरोध गर्ने राष्ट्रियसभामा कांग्रेस संसदीय दल नेता रहेका कृष्णप्रसाद सिटौलाले बताए ।

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ।

नेता सिटौलाले अध्यक्ष नारायणप्रसाद दाहालसँग नीति तथा कार्यक्रम पेस गर्दा अवरोध नगर्ने र त्यसपछि बैठक अवरोध गर्ने जानकारी गराए।

राष्ट्रियसभा अध्यक्ष दाहालले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग संसद भवन बानेश्वरमा मंगलबार दिउँसो छलफल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077