Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस संसदीय दलको बैठक सिंहदरबारमा जारी

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ ।

बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको हो ।

कांग्रेसले आज सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम र संसद् बैठकबारे रणनीति तय गर्नेछ ।

सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै आएको कांग्रेसले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफलका लागि बैठक स्थगित गरेको थियो ।

सहकारीको बचत अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै छानबिनका निम्ति संसदीय समिति गठन नभएसम्म सदन चल्न नदिने अडानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077