Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • छानबिन समिति नबने नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने कांग्रेसको निर्णय

    छानबिन समिति नबने नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने कांग्रेसको निर्णय

    अनलाइन नेपाल
  • सोमबार, ३१ बैशाख २०८१
  • 636
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले सहकारी प्रकरणको अनुसन्धान गर्न संसदीय छानबिन समिति गठन नभएसम्म प्रतिनिधिसभाको बैठक चल्न नदिने भएको छ ।

    कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने निर्णय गरेको हो ।



    कांग्रेसले संसदीय छानबिन समितिलाई नै बटमलाइन बनाउने भएको छ । कांग्रेस सहकारी ठगीमा छानबिन समिति गठन हुनुपर्ने मागमा अडिग रहेको प्रवक्ता डा प्रकाश शरण महतले बताए ।



    नीति तथा कार्यक्रम वा अरू जे भए पनि पार्टीले संसद् अगाडि बढ्न नदिने उनको भनाइ छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची रहेको छ ।

    त्यसका लागि दिउँसो ३ बजे बैठक बोलाइएको छ । समिति गठन नभए राष्ट्रपतिलाई नीति कार्यक्रम प्रस्तुत गर्न नदिने महतले बताए ।

    कांग्रेसले निरन्तर अवरोध गरेपछि प्रधानमन्त्रीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत आइतबार कांग्रेसका शीर्ष नेतासँग छलफल गरेका थिए । छलफलमा प्रधानमन्त्री प्रचण्ड छानबिन समिति गठन गर्न सकारात्मक बनेको दाबी कांग्रेसले गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार