Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस पदाधिकारी बैठक देउवा निवास बूढानीलकण्ठमा

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक सुरु भएको छ।

सोमबार बिहान ८ ३० बजेदेखि सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक सुरु भएको हो ।

कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ।

संसदीय छानबिन समिति गठन नगरे सदन चल्न नदिने कांग्रेसले बताउँदै आएको छ।

सरकारले मंगलबार अपराह्न संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ।

कांग्रेसले माग पूरा नभए नीति तथा कार्यक्रम ल्याउने बैठक अवरोध गर्ने कि नगर्ने भन्नेबारे छलफल गरी निर्णय लिन लागेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077