Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस संसदीय दलको बैठक स्थगित, अब जेठ १ गते बस्ने

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक स्थगित गरेको छ।

दल कार्यसमिति बैठक सोमबार दिउँसो १ बजे र संसदीय दल बैठक २ बजेका लागि बोलाइएको थियो।

तर बैठक मंगलबार बिहानसम्मका लागि स्थगित गरिएको हो ।

आज स्थगित भएको बैठक जेठ १ गते बस्नेछ । संसदीय दल कार्यसमितिको बैठक बिहान ८ बजे र दलको बैठक ९ बजे बस्ने कांग्रेसले जनाएको छ ।

बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ ।

सरकारले मंगलबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077