Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस संसदीय कार्यसमिति र संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दैछ ।

संसदीय कार्यसमितिको बैठक दिउँसो १ बजे र संसदीय दलको बैठक दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्न लागेको हो ।

बैठकले जेठ १ गते संसदमा पेस गर्ने तयारी गरिएको सरकारको नीति तथा कार्यक्रममा अवरोध गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गर्नेछ ।

सरकारको नीति तथा कार्यक्रम जेठ १ गते मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गर्ने कार्यक्रम तय भएको छ ।

कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको आरोप लगाउँदै संसदीय छानबिन समितिको माग गरेर संसद् अवरुद्ध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077