Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशी प्रदेशका मुख्यन्यायाधिवक्ता कोइराला पदबाट बर्खास्त

विराटनगर । कोशी प्रदेशका मुख्यन्यायाधिवक्ता रुपेश कोइराला पदमुक्त भएका छन् ।

मुख्यमन्त्री हिक्मत कुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुंगले कोइरालालाई बर्खास्त गरेका हुन् ।

नेपालको संविधानको धारा १६० को उपधारा (४) को खण्ड (ख) बमोजिम कोशी प्रदेशको मुख्य न्यायाधिवक्ता पदबाट बर्खास्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

मुख्यमन्त्री हिक्मत कार्कीले मुख्यन्याधिवक्ता बाट कोइरालालाई पदमुक्त गर्न सिफारिस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077