Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • नीति तथा कार्यक्रमको तयारीबारे छलफल गर्न सभामुख घिमिरेले बोलाए बैठक

    नीति तथा कार्यक्रमको तयारीबारे छलफल गर्न सभामुख घिमिरेले बोलाए बैठक

    अनलाइन नेपाल
  • आइतबार, ३० बैशाख २०८१
  • 396
    SHARES

    काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलका मुख्य सचेतकहरुलाई छलफलका लागि बोलाएका छन्।

    सभामुख घिमिरेले दिउँसो २ बजे सिंहदरबारस्थित कार्यकक्षमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र प्रमुख दलका मुख्य सचेतकलाई छलफलमा बोलाएका हुन्।



    आजको बैठकमा नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल हुनेछ। सरकारले जेठ १ गते नीति तथा कार्यक्रम ल्याउँदैछ।



    सरकारले ल्याउने नीति तथा कार्यक्रम संयुक्त (प्रतिनिधि सभा र राष्ट्रिय सभा) बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले बाचन गर्नेछन्।

    नेपाली कांग्रेसबाट निर्वाचित राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम बाचन गर्न संसद् आउने भएपछि संसद बैठक अवरोध गर्न कांग्रेसलाई नैतिक संकट पर्ने देखिएको छ।

    मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम ल्याउन राष्ट्रपतिलाई आह्वान गरेको छ। मंगलबार ३ बजे नीति तथा कार्यक्रम ल्याउने भएका संसदको गतिरोध अन्त्य र तयारीको विषयमा आजको बैठकमा छलफल हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार