Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • किसानलाई अनुदानमा मौरीसहितको घार वितरण

    किसानलाई अनुदानमा मौरीसहितको घार वितरण

    अनलाइन नेपाल
  • आइतबार, ३० बैशाख २०८१
  • 348
    SHARES

    तनहुँ । बन्दीपुर गाउँपालिका वडा–५ ले वडाका ९२ जना किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको छ ।

    उनीहरू आय बढाउन वडाले मौरीसहितका घार वितरण गरेको हो ।



    किसानलाई ६० प्रतिशत अनुदानमा मौरीहितका घार उपलब्ध गराइएको वडाध्यक्ष ध्रुवप्रसाद लामिछानेले जानकारी दिए ।



    त्यसमा ४० प्रतिशत किसानको साझेदारी छ । स्थानीयलाई मह उत्पादनमा आकर्षित गर्दै ग्रामीणस्तरमा पोषण परिपूर्ति गर्ने उद्देश्यका साथ मौरीसहितको घार उपलब्ध गराइएको उनले बताए ।वडाका ह

    रेक किसानलाई समृद्धिसँग जोड्ने अभियानस्वरुप सहयोग गरिएको बताउँदै उनले भने,’वडाभित्रका हरेकलाई आयआर्जनसँग जोड्ने सोच राखेका छौँ । वडाले पशुपालन, कृषि, रोजगारीलाई प्राथमिकतामा राखेको छ । उद्यम गर्न चाहने सबैलाई वडा कार्यालयले सहयोग गर्नेछ । ‘

    उत्पादित महको बजारीकरणका लागि पनि वडा कार्यालयले सहयोग गर्ने वडाध्यक्ष उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार