Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

धनगढीमा प्रहरीले सञ्चालनमा ल्यायो साढे ७ करोडको लगानीमा पेट्रोल पम्प

कैलाली । कैलालीमा नेपाल प्रहरीले साढे सात करोड लगानीमा पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ ।

जिल्लाको धनगढी उपमहानगरपालिका–२ स्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय नजिकै पेट्रोल पम्प सञ्चालनमा आएको हो ।

निर्माण सम्पन्न भएको सो पेट्रोल पम्पको औपचारिक उद्घाटन एक महिनाभित्रै हुने प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमले जनाएको छ ।

सो पम्पसहित धनगढीको प्रहरीको गण र महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयको भवन पनि सँगै उद्घाटन हुने बताइएको छ ।

नेपाल प्रहरीको कल्याण कोषद्वारा सञ्चालनमा ल्याइएको नमूना पेट्रोल पम्पले २४ घण्टा सेवा प्रदान गर्नेछ ।

एक विघा १८ कट्टा क्षेत्रफलमा निर्माण गरिएको पेट्रोल पम्प निर्माण गर्न साढे ७ करोड लगानी लागेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077