Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

छानबिन समिति गठन नभए संसद चल्न नदिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले संसद चल्न नदिन र संसदीय छानबिन समिति गठन नगर्न सरकार उद्यत भएको निष्कर्ष निकालेको छ।

कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले छानबिन समिति बन्न नदिन र संसद समेत चल्न नदिन सरकार आफैं उद्यत रहेको निष्कर्ष निकालेको हो।

सहकारी ठगीमा संलग्न रहेको आरोप लागेका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि छानबिन समिति गठन नगरिए संसद् अवरोध यथावत् रहने कांग्रेसले निष्कर्ष निकालेको छ ।

बैठकबाट कांग्रेस‍ले संसद्मा कसरी अगाडि बढ्ने भन्ने थप निर्णय लिनका लागि सोमबार दिउँसो १ बजे संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको छ ।

सरकारले संसद् पनि चल्न नदिने र उपप्रधान तथा गृहमन्त्रीमाथि छानबिनका लागि संसदीय समिति पनि बन्न नदिने रणनीति लिएको भन्दै अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाउने निर्णय गरिएको पार्टीका महामन्त्री गगन थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077