Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस पदाधिकारी बैठक देउवा निवास बूढानीलकण्ठमा

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ ।

संघीय संसदको पछिल्लो घटनाक्रमबारे छलफल गर्न कांग्रेको पदाधिकारी बैठक बसेको हो।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक बसिरहेको छ ।

बैठकमा पदाधिकारीसहित पूर्व पदाधिकारीहरू पनि सहभागी भएका छन् ।

पछिल्लो समय नेपाली कांग्रेसले सहकारी ठगी गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ ।

सोही विषयमा सहमति हुन नसक्दा संसद बैठक प्रभावकारी रुपमा संचालन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077