Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं । सत्तारुढ नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

एमालेले संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा संसदीय दलको बैठक बोलाएको हो ।

संसदको बर्खे अधिवेशन आजबाट सुरू हुँदैछ। संसद अधिवेशनको पहिलो दिन शुक्रबार शीर्ष नेताहरूले बोल्ने कार्यसूची रहेको छ।

बर्खे अधिवेशनमा सांसदहरुले खेल्ने भूमिकाबारे छलफल हुने बताईएको छ ।

बैठकमा दलका नेता समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र आगामी दिनमा एमाले सांसदहरूले संसद‍्मा खेल्नुपर्ने भूमिकाबारे जानकारी गराउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077