Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड सल्यान जाँदै, गाउँपालिकाले दियो सार्वजनिक बिदा !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सल्यान जाँदै छन् ।

दार्मा गाउँपालिकाको प्रशासकीय भवन उदघाटन गर्न प्रधानमन्त्री प्रचण्ड आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट सल्यान प्रस्थान गर्न लागेका हुन् ।

उनी आज बिहान साढे ११ बजे सल्यान ओर्लिने छन् । प्रधानमन्त्री प्रचण्ड आउँदा दार्मा गाउँपालिकाले गाउँपालिकाभर सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिका अन्तर्गतका सबै सरकारी कार्यालय र विद्यालयहरुमा बिदा दिइएको गाउँपालिका अध्यक्ष निमबहादुर केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077