Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशीमा गठन भएको नयाँ सरकारविरुद्ध दायर रिटमाथि आज सुनुवाइ

काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्ध दायर रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनविरुद्ध बिहीबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्की बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएपछि त्यसविरुद्ध रिट दायर गरिएको हो ।

सरकार गठनका निम्ति दाबी पेस गर्न प्रदेश प्रमुखले गरेको आह्वानलाई अन्तरिम आदेशमार्फत बदर गर्न रिट निवेदनमा माग गरिएको छ । कार्कीले आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077