Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुईवटा मोटरसाइकल स्कुल बससँग ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते

नुवाकोट । नुवाकोटको गल्छिमा दुइटा मोटरसाइकल स्कुल बससँग ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यलय नुवाकोटका अनुसार मृत्यु हुनेमा काठमाडौं बस्ने २७ वर्षीय रूबिन रावल र २६ वर्षीय स्वीकार राणा छन् ।

मंगलबार साँझ पाँच बजे बेलकोटगढी नगरपालिका-८ स्थित गल्छी त्रिशूली सडक खण्डमा दुर्घटना भएको हो हो । देवीघाटबाट सिर्खाली जाँदै गरेको अर्किड एकेडेमी बोर्डिङ स्कुलको बा ३ क ३७२२ नम्बरको बससँग बा ०२-०४४ प ३६९२ र बा ०२-०४६ प १५२९ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।

यस्तै दुर्घटनामा परी घाइते भएका २७ वर्षीय रितिक तिवारी र २५ वर्षीय उपकार थापालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ । रूबिन र स्वीकारको त्रिशूली अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल र स्कुल बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077