Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चितवन राष्ट्रिय निकुञ्जमा बाघ मृत फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा बाघ र गैंडा मृत अवस्थामा फेला परेका छन् ।

निकुञ्जको भिमपुरघाटस्थित राप्ती नदी किनारमा बाघ मृत अवस्थामा फेला परेको हो ।

निकुञ्जको सुरक्षार्थ खटिएको सेनाको गस्ती टोलीले मृत अवस्थामा बाघ फेला पारेको थियो ।

बाघको मृतबारे अनुसन्धान भइरहेको निकुञ्जले जनाएको छ ।

यसैगरी नवलपुरको अमलटारीस्थित लामीचौरमा गैंडा मरेको अवस्थामा फेला परेको छ ।

मंगलबार बिहान पौने दश बजे भाले गैंडा मृत अवस्थामा फेला परेको हो । गैंडाको खाग, खुर सुरक्षित छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077