Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१५ अंकले घट्यो नेप्से परिसूचक, २ अर्ब ८९ करोडको सेयर किनबेच

काठमाडौं । सेयर कारोबार साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ।

नेप्से परिसूचक १५.६२ अंकले घटेर १९५८.७५ विन्दुमा कायम भएको हो। यसअघि आइतबार नेप्से २४.५८ अंकले घटेर १९७४.३७ विन्दुमा झरेको थियो।

नेप्से दोहोरो अंकले घट्दा कारोबार रकम पनि आइतबारको तुलनामा घटेको छ। यसदिन ३१० स्क्रिप्सको ६९ लाख ७८ हजार ३२१ कित्ता सेयर २ अर्ब ८९ करोड १३ लाख १९ हजार ९७९ रुपैयाँमा खरिदबिक्री भए।

आइतबार ३ अर्ब ७९ करोड ५७ लाख ४८ हजार २९६ रुपैयाँमा खरिदबिक्री भएको थियो। कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन ।

यसदिन बोटलर्स नेपालको सेयर सर्वाधिक ९.०३ प्रतिशतले बढ्यो। माउन्टेन हाइड्रो पावरको ८.५२,सीवाईसी नेपाल लघुवित्त वित्तीयको ५.१३ ,दिव्याश्वरी हाइड्रोपावरको ४.९२ र बराही हाइड्रोपावर पब्लिकको ४.०५ प्रतिशतले बढ्यो।

सिटीजन लाइफ इन्स्योरेन्स ३१ करोड मूल्य बराबरको सेयर कारोबार गरी शीर्षस्थानमा रह्यो। यसदिन १२ समूहको उपसूचक घट्दा एउटा मात्रै समूहको उपसूचक बढ्यो। डेभलपमेन्ट बैंकबाहेक अन्य समूहको उपसूचक घटेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077