Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हमाससँग युद्धविराम गर्न इजरायल तयार छ : प्रधानमन्त्री नेतान्याहु

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमाससँग युद्धविराम गर्न इजरायल तयार भएको बताएका छन् ।

रुसी विश्व च्यानल आरटीका अनुसार नेतान्याहुले अल्पकालीन युद्धविरामको लागि तयार भएको बताएका हुन् ।

हमाससँग बन्धक भएकाहरुलाई ल्याउन तयार भएको बताउने उनले हमाससँग आत्मसमर्पण भने नगर्ने बताएका छन् ।

गत अक्टोबर ७ बाट बढेको इजरायल हमास युद्धमा परेर हजारौंको ज्यान गएको छ ।

जसमा बहुसंख्यक गाजाका स्थानीय, बालबालिका, महिला तथा पत्रकारदेखि सहायता संस्थाका कर्मचारीहरुसम्म छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077