Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपाले गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत नदिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत नदिने भएको छ।

मुख्यमन्त्री अधिकारीले आइतबार अपराह्न ३ बजे प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका बेला राप्रपाले विश्वासको मत नदिने भएको हो ।

नेकपा एमाले गण्डकी संसदीय दल नेतासमेत रहेका अधिकारी गत चैत २५ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए।

संविधानको धारा १६८ उपधारा २ बमोजिम दुई वा दुई भन्दा धेरै दलको समर्थनमा अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए।

अधिकारी एमालेका २२, नेकपा माओवादी केन्द्रका सभामुखसहित ८ र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’को समर्थन थियो।

गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका २ र दिपक मनाङे गरी ६० जना सदस्य छन्।

दुई सांसद रहेको राप्रपाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने भएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077