Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस प्रवक्ता महतले भने - राजनीतिक स्थिरताका लागि अब प्रत्यक्ष निर्वाचनमा जानुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले राजनीतिक स्थिरताका लागि अब प्रत्यक्ष निर्वाचनमा जानुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रवक्ता महतले यस्तो बताएका हुन् । उनले राजनीतिक अस्थिरता नेपालको विकासका लागि घातक रहेको बताए।

प्रवक्ता महतले कांग्रेसका कारण मुलुकमा अस्थिरता नभएको भन्दै जसले अस्थिरता निम्ताएको भए पनि यो नेपालको लोकतान्त्रिक आन्दोलन र विकासका लागि घातक रहेको बताए।

उनले निरन्तर अस्थिरता बनाइरहने र त्यसमा रमाइरहने प्रवृद्धिलाई निष्तेज बनाउनुपर्ने बताए। अविश्वासको जगमा बनेको वर्तमान सरकार अविश्वासकै कारणले चाडै टुंगिने प्रवक्ता महतले बताए।

उनले चाडै विकास र स्थिरताप्रति सर्मथित सरकार आउने दाबी गर्दै समावेशिता र सहभागिताको सुनिश्चित गर्दै प्रत्यक्ष निर्वाचनमा जान सकिने बताए।

उनले मुलुकमा राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचनका लागि बहस चलाउनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077