Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंका यी स्थानमा आइतबारदेखि विद्युत् अवरुद्ध हुने

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आइतबारदेखि दैनिक चार घण्टा विद्युत् अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत् कटौती गर्न लागिएको हो ।

कुशेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका लाइनहरूमा विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

यी क्षेत्रमा वैशाख २३ देखि २८ गतेसम्म बिहान ११ बजे देखि दिउँसो ३ः०० बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077