Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले बर्दियाको अध्यक्षमा अधिकारी विजयी

बुटवल । नेकपा एमाले बर्दियाको अध्यक्षमा शालिकराम अधिकारीको प्यानल विजयी भएको छ।

१०औं अधिवेशनबाट दुई पटक अध्यक्ष भएका लालबहादुर श्रेष्ठको प्यानललाई पराजित गर्दै अधिकारीको प्यानल विजयी भएको हो ।

अधिकारी १८० मतका साथ विजयी हुँदा श्रेष्ठले १७० मत ल्याएका छन् ।

अधिकारी प्यानललाई एमाले उपाध्यक्ष पौडेल, पोलिटब्यूरो सदस्य तथा पूर्व मुख्यमन्त्री एवं जिल्ला इन्चार्ज लीला गिरी तथा एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलको साथ थियो ।

श्रेष्ठलाई भने महासचिव शंकर पोखरेलले साथ दिएका थिए । जिल्ला अधिवेशनका लागि महासचिव पोखरेल आफैं बर्दिया पुगेका थिए । त्यस्तै उपाध्यक्षमा दुर्गा वली १७९ मतका साथ विजयी भएका छन् ।

उनका प्रतिस्पर्धी कृष्ण गौतमले १५९ मत ल्याए । सचिवमा पदम ढकाल १७६ मतका साथ विजयी भएका छन् भने प्रतिस्पर्धी नैनबहादुर खत्रीले १६८ मत पाएका छन् ।

उपसचिवमा लहनु थारू १७८ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी जीवन शाहीले १६८ मत पाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077