Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरीलाई सर्वोच्चले भन्यो - सिधाकुराको मिथ्या भिडियोबारे अनुसन्धान गर्नू

काठमाडौं । सर्वोच्च अदालतले सिधाकुरा डटकमले प्रकाशन/प्रसारण गरेको भिडियो सामग्रीको अनुसन्धान गर्न निर्देशन दिएको छ ।

न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले सोमबार उक्त आदेश दिएको हो ।

'श्रब्य दृष्यमा उठाइएको विषयवस्तुको सत्यतथ्य तथा प्राविधिक पक्षको समेत विस्तृत अनुसन्धान हुनुपर्ने देखिँदा सो सम्बन्धमा आवश्यक अनुसन्धान गरी प्रचलित फौजदारी कानुनको उल्लंघन गरेको देखिएमा कानुनबमोजिम कारबाहीसमेत अगाडि बढाउनु र सोको प्रतिवेदनसहितको जानकारी १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत यस अदालतमा पेस गर्नु भनी प्रहरी महानिरीक्षकलाई लेखी पठाउने,' आदेशमा भनिएको छ ।

त्यस्तै सर्वोच्चका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले आइतबार दर्ता गरेको अवहेलना मुद्दालाई अदालतको फौजदारी दायरीमा दर्ता गर्न पनि निर्देशन दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077