Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बझाङमा कांग्रेस उम्मेदवार सिंहसँग दमनले घटाए मतान्तर

बझाङ । बझाङ प्रदेशसभा १ मा कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले अग्रता कायमै राखेका छन् ।

सुरुआति चरणमा एमालेका दमन भण्डारीले अग्रता लिएकोमा पछिल्लो समय कांग्रेसका अभिषेक सिंहले निरन्तर अग्रता लिएका हुन् ।

तर, एमालेका भण्डारीले मतान्तर घटाइरहेका छन्। पछिल्लो परिणाम अनुसार सिंहले ९१६७ मतका साथ अग्रता लिइरहेका छन् भने भण्डारीले ९०८४ मतका साथ पछ्याइरहेका छन् ।

उनीहरूबीचको मतान्तर ८३ मात्रै छ । तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका जनक बुढाले ३५३५ मत पाएका छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २३४७ मत पाएका छन् ।

राप्रपाका किशोर खड्काले २१८ मत ल्याएका छन् । यस क्षेत्रमा ३० हजार ३२८ मत खसेकोमा २४ हजार बढी मत गणना भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077