Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिधाकुराविरुद्ध सर्वोच्च अदालतमा अवेहलना मुद्दा दायर

काठमाडौं । सिधाकुरा अनलाइनविरुद्ध आइतबार सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरिएको छ ।

तत्कालीन प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणा, न्यायाधीश आनन्दमोहन भट्टराई, वरिष्ठ अधिवक्ता हरि उप्रेति, कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया, अन्नपूर्णपोष्टका अध्यक्ष रामेश्वर थापाले संवैधानिक इजलासको प्रभावित पारेको भन्दै तयार पारेको अडियोले अदालतको अवहेलना भएको भन्दै मुद्दा दायर भएको हो।

सर्वोच्च प्रशासनले उपरजिष्टार गोविन्दप्रसाद घिमिरेको संयोजकत्वमा अध्ययन समिति बनाएर त्यसले दिएको प्रतिवेदनका आधारमा अवहेलना मुद्दा दायर गरेको हो।

सर्वोच्चका न्यायाधीश समेत संलग्न भएर ‘सेटिङ’मा अख्तियारको ‘स्टिङ अपरेसन’लाई अवैध हुने फैसला गरेको भन्दै सिधाकुराले गएको शुक्रबारदेखि ‘द डार्क फाइल’ नाम दिएर शृंखला प्रसारण गरेको थियो ।

उक्त अनलाइन र त्यसका प्रकाशक तथा सम्पादकविरुद्ध दायर अवहेलना मुद्दाको पहिलो पेशी सोमबारका लागि तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077